संयुक्त क्लव नारायणपुरको आयोजनामा वृक्षारोपण – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

संयुक्त क्लव नारायणपुरको आयोजनामा वृक्षारोपण

    मा प्रकाशित

भोला बुढाथोकी
साउन ३१, दाङ ।

Image may contain: 4 people, people standing and outdoor, text that says 'ANS'
संयुक्त क्लव नारायणपुरको आयोजनामा  वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लवले घोराही उपमहानगरपालिका वडा नं. १० स्थित वि.पि.बाटिकामा कभर्ड हल निमार्ण स्थल प्राङ्गणमा वृक्षारोपण गरिएको हो । मालागेडी, अमला, टिमुर, अशोक तथा रुद्राक्ष लगायतका १५ प्रजातिका १ सय ५० विरुवा आज रोपिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले वृक्षारोपण कार्यले स्वच्छ वातावरणमा खेल्ने भूमिका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए । नगर प्रमुख चौधरीले भने, ‘खेल नै स्वास्थ्य हो, खेलसँगै हाम्रो वरिपरिको वातावरण पनि स्वच्छ हुनुपर्छ । वातावरण स्वच्छ राख्नका लागि चालिएको यो कदम निकै प्रशंसनीय छ ।’ साथै उनले नारायणपुरका युवाहरुको सक्रियताको प्रशंसा समेत गरेका थिए ।

Image may contain: one or more people, sky, tree, outdoor and nature
नारायणपुरमा करिब ८ कठ्ठा जग्गामा कभर्ड हल निर्माण हुन थालेको छ ।  कभर्ड हल निर्माणका लागि यस आर्थिक वर्षको बजेटमा घोराही उपमहानगरपालिकाले ६० लाख बजेट विनियोजन गरेको थियो । अहिलेसम्म स्थानीय तथा खेलाडीहरुबाट १५ लाख रकम जम्मा भइसकेको छ । कार्यक्रममा स्थानीय समाजसेवी कमल ओलीले मन्तव्य व्यक्त गर्दै नारायणपुर क्षेत्रको विकास तथा स्वच्छ वातावरण निर्माणका लागि निरन्तर रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले भने, ‘नारायणपुर उदाउँदो सहर हो, यसको विकासका लागि थुप्रै पूर्वाधार निर्माण गर्नुपर्ने जरुरी छ । हामी यस क्षेत्रको विकासका लागि आवश्यकताका हरेक कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’ कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अभियान बस्नेत, सिद्ध रत्न नाथ माविका विद्यालय व्यव्स्थापन समितिका अध्यक्ष दिपक पाण्डे, वन महासंघ दाङ जिल्ला सचिव जानका के.सी., घोराही उपमहानगरपालिका वडा नं. १० का प्रतिनिधि मंगल चौधरी, वडा नं. ११ का प्रतिनिधि चित्र बहादुर डाँगी लगायतको सहभागिता थियो ।
क्लवका अध्यक्ष मोहन राज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । क्लवका कोषाध्यक्ष सुन्दर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लवका सचिव अनिल बस्नेतले गरेको थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्