प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच टेलिफोन संवाद – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच टेलिफोन संवाद

    मा प्रकाशित

कनिका खबर
साउन ३१, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले मोदीसंग टेलिफोन वार्ता गरेको पुष्टि गरे । नेपाल र भारतबीच सीमा विवाद बढेपछि दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन । तर भारतको स्वतन्त्रता दिवसको अवसर पारेर प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको छ । परराष्ट्रमन्त्रालयका अनुसार फोनवार्ताका क्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा भारतलाइ बधाई दिनुका साथै प्रगतिको कामना गरेका छन् । उनले १० अप्रिल २०२० मा भएको सम्वाद स्मरण गरे । प्रधानमन्त्री ओलीले मोदीको छिमक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताउनुभएको मन्त्रालयले जनाएको छ । ओली र मोदी बीच कोभिड १९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको छ । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारत सहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरेका थिए । दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको समेत परराष्ट्र मन्त्रालयद्धारा जारी गरिएको वक्तव्यमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्