रुबीभ्यालीको हिन्दुङमा पहिरो, १०० घरहरु जोखिममा – Kanika Khabar
Friday, April 19Nepali News Portal

रुबीभ्यालीको हिन्दुङमा पहिरो, १०० घरहरु जोखिममा

    मा प्रकाशित

बाबुराम श्रेष्ठ
साउन ३१, धादिङ ।
गएराति परेको अविरल बर्षाका कारण उत्तरी धादिङको रुबिभ्याली गाउँपालिकामा १ सय घरधुरी जोखिममा परेका छन् । अस्ति र हिजो परेको बर्षासंगै पहिरो जाँदा रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङका २ घर बिस्थापित हुनका साथै १०० घरहरु जोखिममा परेका हुन् । रातीको समयमा परेको अविरल वर्षाका कारण हिन्दुङ गाउँ नजिकै पहिरो जाँदा पुरै बस्तीहरु जोखिममा परेको रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरुङ तामाङले जानकारी दिनु भयो । पहिरोका कारण विस्तापित भएका १ सय घरधुरीलाई गाउँपालिकाको पहलमा सुरक्षित ठाउँमा सार्ने तयारी भैरहेको तामाङले बताए । हिन्दुङ गाउँको दुबै तर्फका खोलाहरु बढिरहेको र तल पहिरो गइरहेकाले मानवीय क्षति नहोस भनी पुरै गाउँ बस्तीलाई सुरक्षित स्थानमा सार्न लागिएको अध्यक्ष तामाङले बताए । पहिरोका कारण हिन्दुङका बस्ती संगै त्यहाँका मानिसहरु जोखिममा परेका छन् । २०७२ सालको बैशाख १२ गतेको विनासकारी भुकम्पका कारण उक्त बस्ती अति संवेदनशील स्थलको रुपमा सूचिकृत गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्