पहिरोले हुम्लाको ताँजाकोटका ६५ घरमा क्षति – Kanika Khabar
Thursday, July 18Nepali News Portal

पहिरोले हुम्लाको ताँजाकोटका ६५ घरमा क्षति

    मा प्रकाशित

सर्मिला रोकाया
साउन ३१, बाजुरा ।
अविरल वर्षासँगै आएको बाढी पहिरोले हुम्लाको ताँजाकोट गाउँपालिका वडा नं ४ का करिव ६५ घरमा क्षती पु¥याएको छ । आज विहान करिव ४ वजे देखि १० बजे सम्म आएको अविरल वर्षासँगैको बाढी पहिरोले वडा नं ४ का ७ वटा वस्तीका ६५ घरमा क्षती पु¥याएको हो । वडा नं ४ का काउला, उत्तेशैनी, भदालबीटु, ओखलढुङ्गा, ख्ररादेउला गैरा र गल्लावाडा लगायतका वस्तीमा क्षति पुगेको छ ।
वस्ती माथिबाट आएको बाढी पहिरोका कारण करिव २ सय ५४ घरपरिवार रहेको चार नंम्बर वडाका ६५ घरमा कसैको पुर्ण त कसैको आंशिक क्षति भएकोे छ । विहानको समयमा बाढी पहिरो आउदा घर वगाएर क्षेती पु¥याए पनि मानविय क्षति नभएको स्थानीयले वताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्