संक्रमित फेला परेपछि वडामा शिल – Kanika Khabar
Friday, March 28Nepali News Portal

संक्रमित फेला परेपछि वडामा शिल

    मा प्रकाशित

कनिका खबर
साउन ३२, नुवाकोट
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसका संक्रमितहरु वढिरहेका कारण नुवाकोटमा परिक्षणको दायरा वढाइएको छ । हिजोसम्म नुवाकोटमा दुई हजार भन्दा वढिको पिसिआर गरिएको छ । १२ स्थानीय तह रहेको नुवाकोटमा दुई हजार ९९ जनाको पिसिआर गरिएको स्वास्थ्य कार्यालय नुवाकाटले जनाएको छ । ६८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने एकहजार ६ सय १९ जनाको नतिजा नेगेटिभ आएको कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो । चारसय १२ जनाको स्वावको नमूना परिक्षणको नतिजा आउन वांकी रहेको छ । हिजो मात्रै त्रिशूली अस्पतालमा ५८, लिखुमा २८, किस्पाङमा १५, सुर्यगढीमा १ जनाको परिक्षणका लागि स्वाव संकलन गरि काठमाडौ पठाइएको छ । विदुर नगरपालिका वडा नं. ६ ईनारपाटीका एक व्यापारीलाई कोरोना संक्रमण भेटिएपछि इनारपाटी क्षेत्र सिल गरिएको छ । नगरपालिकामा भएको सर्वपक्षिय बैठकले ईनारपाटी क्षेत्रलाई सिल गरेकोे विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले जानकारी दिनुभयो । संक्रमित व्यक्तिबाट रोगको संक्रमण समुदायमा फैलन नदिन वडा नं. ६ लाई सिल गरिएको हो । उहाँका अनुसार पुर्वमा आपघारी चौतारादेखि ईनारपाटी चन्द्रज्योति सडक, पश्चिममा वडा कार्यालयदेखि महारानिहिडि, उत्तरमा देवीघाट जलविद्युत जाने घुम्ती र दक्षिणमा चन्डिपोखरी क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्