५ नं. प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरुविच कार्यसम्पादन सम्झौता – Kanika Khabar
Monday, April 22Nepali News Portal

५ नं. प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरुविच कार्यसम्पादन सम्झौता

    मा प्रकाशित

कनिका खबर
साउन ३२, दाङ ।
५ नं. प्रदेश प्रहरी कार्यालय, दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकद्वारा प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय १२ तथा नेपाल प्रहरी स्कुल घोराही दाङ समेत १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुसँग ५ नं. प्रदेश प्रहरी कार्यालयमा कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ५ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकबाट उपस्थित मातहत कार्यालय प्रमुखहरुलाई प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख बीच साउन २५ गते भएको कार्य सम्पादन सम्झौता तथा प्रदेश प्रहरी प्रमुख र मातहत जिल्ला स्तरसम्मका कार्यालय प्रमुखहरूसँग आज सम्पन्न भएको कार्य सम्पादन सम्झौता अनुरुप उल्लेखित लक्ष्य पूरा गर्न प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्य योजनाका साथ आफू र मातहत प्रहरी इकाई तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न निर्देशन दिएका थिए ।
यसै अवसरमा ५ नं. प्रदेशको नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनीकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, आर्थिक अनुशासन र पारदर्शिता, मानव अधिकार संरक्षण र सामुदायीक केन्द्रित प्रहरी कार्यहरुलाई मुख्य प्राथमिकता दिने कार्य गर्न निर्देशन दिए ।
वर्षायामको समय रहेकोले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्री सहित जनशक्तिलाई तयारी हालतमा राख्न समेत निर्देशन दिए । कोभिड १९ महामारीको समय रहेकोले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनको लागि मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्