कोरोना रोकथामका लागि नियम पालना गरौँ : गृहमन्त्री थापा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना रोकथामका लागि नियम पालना गरौँ : गृहमन्त्री थापा

    मा प्रकाशित

कनिका खबर
साउन ३२, दाङ ।

गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियम पालन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको बन्दाबन्दिको सबै नियम पालना गर्न उनले आग्रह गरेका हुन् । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको उनको भनाइ छ ।
गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियम पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी लागू भए पनि फेरी संक्रमण बढिरहेको छ । सरकारले केही कडाई गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले बताए । पुनः बन्दाबन्दी गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पारे । बन्दाबन्दीका कारण आर्थिक समस्या देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताए । सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझैपनि लुकिछिपि आउने काम भइरोखको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्