काँग्रेसद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काँग्रेसद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

    मा प्रकाशित

कनिका खबर
साउन ३२, दाङ ।
आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको भन्दै गण्डकी प्रदेशसभामा प्रमुख प्रतीपक्षी नेपाली काँग्रेसले आजको बैठक अवरुद्ध गरेको छ । सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गर्नसाथ काँग्रेस सांसद उठेका थिए । अधिकारीले संसद अवरोध गर्नुपर्ने कारणबारे कुरा राख्न काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई समय दिएका थिए । नेपालीलले आफूहरूले असार २३ गत दर्ता गरेको संकल्प प्रस्ताव बहुमतका आधारमा सरकारले अस्वीकृत गरेको भन्दै आपत्ति जनाए । कोरोनाको महामारीबाट प्रदेशलाई सुरक्षित राख्ने प्रस्ताव समसामयिक रुपमा ल्याएको भनेर प्रदेश सरकारले स्वागत गर्नुपर्नेमा प्रतीपक्षले ल्याएको भनेर बहुमतका आधारमा अस्वीकृत गरिएको भन्दै उनले आफूहरुले उठाएका यी माग यथावत रहेका र पूरा नभएसम्म प्रदेशसभा अघि बढ्न नदिने उनले बताए । संकल्प प्रस्तावमा एक घर एक पीसीआर परीक्षण गरिनुपर्ने, क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हुनुपर्ने, आइसोलेसनको उचित व्यवस्थापन र कोरोनाबाट मृत्यु भएकाको शवको सहिरुपमा व्यवस्थापन हुनुपर्ने माग थिए । तर २२ गतेको सभाको बैठकले प्रस्तावलाई अस्वीकृत गरिदिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्