काठमाडौँ न्युरोड क्षेत्रका पसल दुई दिन बन्द – Kanika Khabar
Thursday, March 28Nepali News Portal

काठमाडौँ न्युरोड क्षेत्रका पसल दुई दिन बन्द

    मा प्रकाशित

कनिका खबर
साउन ३२, दाङ ।
काठमाडौँको व्यापारिक केन्द्र न्युरोड क्षेत्रका पसल भदौ एक र दुई गते बन्द रहने भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पूरा गरेर मात्रै भदौ ३ गतेबाट पसल खुल्ला गर्ने निर्णय भएको काठमाडौं महानगरपालका २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए । खिचापोखरी, गुच्चा टोल, ओटु लगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा कोभिड–१९ संक्रमण देखिएको छ । संक्रमित देखिएपछि वडा समितिले स्थानीय क्लब र व्यावसायीसँगको सहमतिमा कडाइ गर्ने निर्णय गरेको हो ।
व्यावसायी र सेल्स एजेन्टको कोभिड–१९ परीक्षणको तयारी भइरहेको वडाध्यक्ष महर्जनले जानकारी दिए । विक्रेता र ग्राहकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, पसलमा एउटा भन्दा बढी काउन्टर खोल्न नपाइने र प्रत्येक पसलमा भौतिक दुरी कायम हुने वातावरण बनाउनु पर्ने महर्जनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्