सिन्धुलीका नौ वटै स्थानीय तहद्वारा बन्दाबन्दीको घोषणा – Kanika Khabar
Thursday, March 20Nepali News Portal

सिन्धुलीका नौ वटै स्थानीय तहद्वारा बन्दाबन्दीको घोषणा

    मा प्रकाशित

राधिका बुढाथोकी
साउन ३२, सिन्धुली ।
कोरोना भाइरसको सङक्रमण बढ्दै गएपछि सङक्रमणको जोखिम न्युनिकरण कम गर्नका लागि सिन्धुलीका नौ वटै स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । मानिसको आवागमनमा कडाई र सरकारी कामकाजका लागि दिने सिफारिस समेत स्थगित गरेको उनीहरुले जनाएका हुन् । जिल्लाका कमलामाई, दुधौली नगरपालिका र गोलन्जोर, फिक्कल, सुनकोसी, मरिण, हरिहरपुढी, हतिनपाटन र घ्याङलेख गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा कम्तिमा एक साता देखि १५ दिन सम्मका लागी बन्द गर्ने निर्णय गरेका हुन् ।
सुनकोसी गाँउपालिकाले वडा नम्बर चार कोटगाँउस्थित सिद्ध माध्यमिक विद्यालयमा कार्यरत एक जना शिक्षकमा बिहिबार कोरोना भाईरसको सङक्रमण पुष्टि भएसँगै शुक्रबार राति १२ बजेदेखि भदौ १३ गतेसम्म १५ दिनका लागि बन्दाबन्दीको घोषणा गरेको छ । शुक्रबार बसेको सर्बदलीय बैठकले अत्यावश्यक बाहेक सबै गतिविधि बन्द गर्ने गरी गाँउपालिकाभरी बन्दाबन्दीको घोषणा गरिएको गाँउपालिका अध्यक्ष दिपा बोहोराले जानकारी दिए । अत्यावश्यक सेवा अन्र्तगतका खाद्यन्न तथा तरकारी पसल प्रत्येक दिनको तीन बजे देखि साँझ ६ बजे सम्म तीन घण्टा मात्र खुल्ला गर्न दिईने निर्णय भएको उहाँले बताउनुभयो । मरिण गाउँपालिकाले पनि आज राति १२ बजेबाट लागु हुनेगरी १० दिनका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्था र आन्तरिक बाहेकका कुनै पनि सिफारिस समेत गर्न बन्द गरिएको छ । तीनपाटन गाँउपालिकाले पनि भोलिदेखि भदौ सात गतेसम्म सार्बजनिक तथा निजी सवारी साधन बन्द गर्ने बिहिबार बसेको कार्यापालिकाको बैठकले निर्णय गरेको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्