सम्पत्ति र अनुशासन तथा आचरणसम्बधी कसूर गरेको अभियोगमा सहायक रथीसहित तीन जना बर्खास्त – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सम्पत्ति र अनुशासन तथा आचरणसम्बधी कसूर गरेको अभियोगमा सहायक रथीसहित तीन जना बर्खास्त

    मा प्रकाशित

कनिका खबर
साउन ३२, दाङ ।
सम्पत्ति र अनुशासन तथा आचरणसम्बधी कसूर गरेको अभियोगमा सहायक रथीसहित तीन जनालाई नेपाली सेनाले बर्खास्त गरेको छ ।

आज आइतवार बसेको जनरल सैनिक अदालतले भ्रष्टाचार अभियोगमा सहायक रथी प्रयोग जंगबहादुर राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरेको हो । बैठकपछि एक एक विञप्ति जारी गर्दै यस्तो बताइएको हो । विज्ञप्तिमा भविष्यमा सैनिक सेवाका लागि अयोग्य हुने गरेर बर्खास्त गर्ने निर्णय गरेको उल्ल्ेलेख छ ।

सहायकरथी राणालाई १ करोड ७२ लाख जरिवाना गर्ने निर्णयसमेत सैनिक अदालतले गरेको छ ।

नेपाली सेनाको विज्ञप्तिमा जनाइएअनुसार सैनिक अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त)लाई सफाई दिने गरी फैसला भएको गरिएको हो ।

सेनाले जारी गरेको विज्ञप्ति

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्