अज्ञात समूहद्वारा एक विद्यालयमा तोडफोड, प्याब्सनद्वारा घटनाको निन्दा – Kanika Khabar
Thursday, June 19Nepali News Portal

अज्ञात समूहद्वारा एक विद्यालयमा तोडफोड, प्याब्सनद्वारा घटनाको निन्दा

    मा प्रकाशित

कनिका खवर
साउन ३२, दाङ ।
दाङ जिल्लाको घोराही १५ रतनपुर अवस्थित, सिद्धार्थ एकेडेमीमा आज ५÷६ जनाको समूहमा आएको अज्ञात समूह विद्यालय हाताभित्र प्रवेश गरी विद्यालयको लेखा शाखामा तोडफोड गरेका छन् । अज्ञात समूह विद्यालय हाताभित्र प्रवेश गरी सिसि क्यामेराको तार छिनाली तोडफोड गरेको विद्यालयका प्रिन्सिपल तिल वहादुर जिएमले जानकारी गराएका छन् ।
छापामार शैलीमा विद्यालय हाताभित्र प्रवेश गरेका ती व्यक्तिहरु मध्ये केही व्यक्तिहरुले विद्यालयको सुरक्षा गार्डलाई समाई कुटपिट गरेका थिए भने अरु केही व्यक्तिहरु विदालयको लेखा शाखामा गई त्यहाँ आफ्नो कार्यमा व्यस्त रहेका नारायण चौधरी र केशव रिलाजमाथि कुटपिट गर्नुका साथै उनीहरुको मोवाइल फोन खोसी त्यहाँ रहेको कम्प्युटर, प्रिन्टर, विलहरु लगायतका महत्वपूर्ण कागजातहरुमा आगजनीसमेत गरेका थिए ।
प्याब्सन दाङ र घोराही नगर प्याब्सनले आफ्ना सदस्य विद्यालयमा भएको यस घटनालाई तुच्छ र निक्रिष्ट कार्यको संज्ञा दिई निन्दा गर्दै विज्ञप्ती निकाली संलग्न व्यक्तिहरुलाई यथाशक्य पहिचान गरी दोषीलाई कडाभन्दा कडा कार्वाहीको माग गरेका छन् साथै विद्यालयहरुको सुरक्षाको व्यवस्थापन गर्न समेत प्रशासनसँग माग गरेका छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्