मा प्रकाशित
कनिका खबर
भदौ १, काठमाडौं
कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ६० वर्षका पुरुषको निधन भएको अस्पतालले जनाएको छ ।
काठमाडौं स्थायी घर भएका उनको हिजो अपरान्ह उपचारको क्रममा निधन भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ५ पुगेको छ ।