सत्तारूढ नेकपाको सचिवालय बैठक आज बस्दै – Kanika Khabar
Friday, February 14Nepali News Portal

सत्तारूढ नेकपाको सचिवालय बैठक आज बस्दै

    मा प्रकाशित

कनिका खबर
भदौ १, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको विवाद समाधानका लागि गठन गरेको कार्यदललाई अनुमोदन गर्न आजका लागि सचिवालय बैठक बोलाएको छ । बिहान साढे ९ बजेका लागि बैठक बोलाइएको सचिवालय सदस्य एवम पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सीआईएनलाई जानकारी दिनुभयो । सचिवालय बैठकले नेकपा विवाद सुल्झाउन गत शुक्रबार गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यदलको कार्यदेश पनि तयार पार्ने नेता खनालले बताउनुभयो । कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको माग थियो । अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर उहाँहरूले सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा डाक्टर भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य रहेको कार्यदल बनाइएको थियो । कार्यदलमा रहेका पौडेल र पोखरेल प्रधानमन्त्री ओली निकट, शर्मा र भुसाल प्रचण्ड निकट तथा पाण्डे र रावल नेपाल निकट मानिनुहुन्छ । कार्यदलको पहिलो बैठक अस्ति बसेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्