सरकारले कोभिड–१९ को सङ्क्रमणको उपचार गरिरहेका अस्पताललाई अनुदान दिने – Kanika Khabar
Thursday, November 13Nepali News Portal

सरकारले कोभिड–१९ को सङ्क्रमणको उपचार गरिरहेका अस्पताललाई अनुदान दिने

    मा प्रकाशित

कनिका खबर
भदौ १, काठमाडौं
सरकारले कोभिड–१९ को सङ्क्रमणको उपचार गरिरहेका अस्पताललाई अनुदान उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना भाइरसको सङ्क्रमणको उपचार बापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७’ अनुसार तोकिएको समयभित्र विवरण बुझाउन अस्पतालहरूलाई अनुरोध गरिएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो ।

लक्षण नभएका वा सामान्य लक्षण भएका घरमै भएको तर स्वास्थ्यकर्मीले निगरानी गरिरहेकालाई दुई सय, लक्षण भएका वा सामान्य लक्षण भएका तर आइसोलेसनमा भएकालाई दुई हजार, सामान्य लक्षण भएकालाई तीन हजार पाँच सय, मध्यम जटिल बिरामी सात हजार र जटिल बिरामीलाई १५ हजार रुपैयाँ अनुदान बापत मन्त्रालयले उपलब्ध गराउने भएको हो ।

उपचारवापत अनुदान पाउन दाबी गर्नका लागि दुई दिनभित्र विवरण बुझाउन मन्त्रालयले भनेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्