बारामा आजबाट फेरि अनिश्चितकालका लागि निषेधाज्ञा जारी – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

बारामा आजबाट फेरि अनिश्चितकालका लागि निषेधाज्ञा जारी

    मा प्रकाशित

कनिका खबर
भदौ १, बारा
जिल्ला प्रशासन कार्यालय बारामा आजबाट फेरि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड समन्वय समितिको हिजो बसेको बैठकको निर्णयअनुसार अर्को सुचना जारी नभएसम्मका लागि जिल्लाका सबै स्थानीय तहमा बिहान ५ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लामा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको दर बढ्न थालेपछि जोखिमलाई ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको प्रजिअ पण्डितले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्