नुवाकोटका दुई जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए – Kanika Khabar
Friday, April 26Nepali News Portal

नुवाकोटका दुई जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए

    मा प्रकाशित

कनिका खबर
भदौ १, नुवाकोट
नुवाकोटका थप दुई जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हिजो थप दुई जना निको भएसँगै नुवाकोटमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ४४ पुगेको छ । लिखु स्थायी घर भई काठमाडौंस्थित किर्तिपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक जना पुरुष र शसस्त्र प्रहरी अस्पतालमा उपचाररत विदुर नगरपालिकाका एक जना महिला स्वस्थ भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो ।

नुवाकोटमा हालसम्म ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये अब १५ जनाको नुवाकोट जिल्ला अस्पताल, ५ जनाको काठमाडांैका विभिन्न अस्पताल र चार जनाको तादीस्थित खरानीटार अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म नुुुुवाकोटमा दुई हजार एक सय ६७ जनाको नमूना सङ्कलन गरिएको छ । जसमध्ये तीन सय ८९ जनाको नतिजा आउन बाँकी रहेको छ भने एक हजार सात सय नौ जनामा कोरोना नभएको पुष्टि भएको सूचना अधिकारी खनालले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्