आर्थिक प्रलोभनमा परेको भन्दै २ जना प्रहरी निलम्बित – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आर्थिक प्रलोभनमा परेको भन्दै २ जना प्रहरी निलम्बित

    मा प्रकाशित

कनिका खबर
भदौ १, मकवानपुर
आर्थिक प्रलोभनमा परेको भन्दै दुईजना प्रहरीलाई बागमती प्रदेश प्रहरी कार्यालयले निलम्बित गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुईजना प्रहरीलाई निलम्बन गरेको हो । बा ६ ख ५५६३ नम्बरको सवारी साधनसँग रकम लिएको भन्ने उजुरीको आधारमा निजहरुसँग प्रारम्भिक सोधपुछ गर्दा रकम लिएको भन्ने पृष्टी भएपछि थप छानबिनका लागि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

निलम्बित हुनेमा ईलाका प्रहरी कार्यालय भिमानमा कार्यरत प्रहरी हबल्दार कमल बहादुर खड्का र प्रहरी चौकी ढुंग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान बीरबहादुर प्रसाद यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा निजहरु उपर थप छानबिन गर्न समिति गठन गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले हालसम्म १३ जनालाई निलम्बन गरिसकेको छ भने २५ जनालाई पुरस्कृत गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्