कोरोना महामारीका कारण अष्ट्रेलियाका ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना महामारीका कारण अष्ट्रेलियाका ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार

    मा प्रकाशित

कनिका खबर
भदौ १, दाङ
कोभिड–१९ को महामारी पछि अष्ट्रेलियाको व्यवसायमा परेको असरका कारण करिब ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार भएका छन् । देशैभरिका करिब ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा गरिएको एक अध्ययन अनुसार करिब ३९ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग आफ्नो न्युनतम आवश्यकता पूरा गर्न खर्चसमेत छैन । युनियन्स एनएसडब्लुले मार्च र मे महिनामा गरेको अध्ययन अनुसार करिब ३४ प्रतिशत विद्यार्थीहरु घर भाडा तिर्न नसकेर घरबारविहीन हुने जोखिममा छन् । उक्त रिपोर्ट सोमबार सार्वजनिक भएको थियो । उक्त रिपोर्टमा यो संख्या अझ बढ्नेतर्फ सचेत गराइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्