युवा उद्यमी लामिछानेले गरे जन्मदिनकाे अवसरमा विरुवा वितरण – Kanika Khabar
Sunday, July 14Nepali News Portal

युवा उद्यमी लामिछानेले गरे जन्मदिनकाे अवसरमा विरुवा वितरण

    मा प्रकाशित

कपिल लामिछाने
भदाै १, दाङ ।
देवा स: मिलका सञ्चालक राजन लामिछानेले आफ्नाे ३० ओैँ जन्मदिनकाे अवसरमा ३ सय बाेट विरुवा वितरण गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का लामिछानेले तुलसीपुर १७ मा रहेकाे आफ्नाे काठ मिलबाट उक्त विरुवा वितरण गरेका हुन् ।
प्रत्येक वर्ष आफ्नाे जन्मदिनकाे अवसरमा केही न केही सामाजिक काम गर्दै आएका लामिछानेले यस वर्ष पनि विभिन्न टाेलहरुका किसानहरुलाई सिसाै,टिक,काईयाे,जामुन र ३ घरधुरीलाई २५ केजीकाे चामल समेत वितरण गरे ।
मिल वरिपरिका एकीकृत नमुना टाेल विकास संस्था,शुभकाेटी टाेल विकास संस्था, पिपल चाैतारा टाेल विकास संस्था र देवीपुर टाेल विकास संस्थाका करिब १ सय घरधुरीलाई १/१ प्रति सबै विरुवाहरु प्रदान गरिएकाे थियाे ।
उक्त कार्यक्रममा बाेल्दै लामिछानेले विगतका दिनहरुमा गर्दै आईरहेका कामहरुलाई निरन्तरता दिदैँ समाजप्रति समर्पित हुदैँ यी र यस्ता किसिमका कामहरु गर्दै अगाडि बढ्ने कुरा बताए । कार्यक्रममा नेकपाका जिल्ला सदस्य तुलाराम भणडारी ‘बारुद’ ,छरछरे खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष टाेप बहादुर वली, देवीपुर टाेलका अध्यक्ष पुर्ण वली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
युवा उद्यमी राजन लामिछानेकाे अध्यक्षतामा भएकाे कार्यक्रम युवा उद्यमी तथा देवा स:मिलका सञ्चालक माधव कँडेलकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन एकिकृत नमुना टाेलका सचिव कपिल लामिछानेले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्