प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच छलफल – Kanika Khabar
Saturday, July 19Nepali News Portal

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच छलफल

    मा प्रकाशित

कनिका खबर
भदौं १, काठमाडौं

प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । काँग्रेस सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार जानु भएको हो ।

छलफलमा नेकपा अध्यक्ष दाहाल पनि सहभागी हुनुभएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको आमन्त्रणमा बालुवाटार पुग्नुभएका सभापति देउवासंग नेता रमेश लेखकलाई पनि लिएर जानुभएको थियो । नेताहरुबीच संवैधानिक आयोगहरु, विश्वविद्यालय लगायतमा रोकिएका नियुक्तिका बारेमा छलफल केन्द्रित रहेको थियो ।

दुइ नेताबीचमा संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउने सहमति भएको काँग्रेस नेता लेखकले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्