एसईईकाे नतिजा सार्वजनिक – Kanika Khabar
Thursday, March 28Nepali News Portal

एसईईकाे नतिजा सार्वजनिक

    मा प्रकाशित

कनिका खबर

भदाै १, दाङ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ । एक हप्ता पहिला नै सम्पूर्ण तयारी सकिए पनि नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिएका छन् । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । मूल्यांकन फरक भए पनि गतवर्ष जसरी नतिजा सार्वजनिक गरिएकाे छ ।

यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ जना विद्यार्थीको विवरण प्राप्त भएको बोर्डले जनाएको छ । सोही विवरणलाई बोर्डले रुजुर ग्रेडिङ गरी प्रमाणीकरण गरेको हो । नतिजा विगतमा जस्तै टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने छ ।

कोरोनाभाइरसको महामारी लामो समयसम्म गएपछि सरकारले जेठ अन्तिम साता विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
लामो समयसम्म विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्‍न उचित नभएको निष्कर्षसहित सरकार यो निर्णयमा पुगेको थियो ।

शैक्षिक सत्र २०७६ को परीक्षा साविक बमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि रोग संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २०७६ साल चैत्र ५ गतेको निर्णयानुसार स्थागित रहेको थियो।

सरकारको निर्णयपछि राष्ट्रिय परीक्षा बोर्डले ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको थियो ।
विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख थियो ।

यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाइएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्