वर्षातसँगैको बाढीपहिराले जगन्नाथका ४२ घर उच्च जोखिममा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

वर्षातसँगैको बाढीपहिराले जगन्नाथका ४२ घर उच्च जोखिममा

    मा प्रकाशित

कनिका खबर
भदौ १, बाजुरा

लगातारको वर्षातसँगै आएको बाढीपहिरोले बाजुराको जगन्नाथ गाउँपालिका वडा नं ६ गोत्रीको पाल्तेवाडाका ४२ घरधुरी उच्च जोखिममा परेका छन् । हिजो र अस्ती राती आएको अविरल वर्षासँगैको बाढीपहिरोले वडा नं ६ को पाल्तेवाडा वस्ती उच्च जोखिममा परेको हो । पाल्तेवाडा वस्तीका स्थानीयको खेतीयोग्य जमिन, एक वस्तीबाट अर्काे वस्ती जोड्ने सडक र खानेपानीको लाइनमा समेत क्षति पु¥याएको स्थानीय रंगविर सार्कीले जानकारी दिनुभयो ।

स्थानीयको खेतीयोग्य जमिन कटान गर्दा धान, कोदो, मकै लगायतको अन्नबाली समेत नष्ट भएको र सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् । रातीको समयमा बस्ती माथिबाट बाढीपहिरो आए पनि कुनै मानवीय क्षति भने नभएको सार्कीले बताउनुभयो । उहाँका अनुसार स्थानीयबासी भने विहान बेलुका खाना पकाउने समयमा घरमा बसेपनि रातीको समयमा आफन्तकोमा बस्न थालेको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्