कनिका खबर
भदौ १, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लामा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सिन्धुपाल्चोक जिल्लाका ४ जना र काभ्रे मन्डनदेउपुर नगरपालिकाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको चौतारा साँगाचोकगढ नगरपालिका स्वास्थ शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो । सङ्क्रमित हुनेहरूमा जिल्लाको कुबिण्डे, सिपापोखरे, मेलम्ची, काभ्रेको मन्डनदेउपुर र सर्लाहीका रहेका छन् । ५ जना मध्ये ४ जना जिल्लाको एक गैरसरकारी संस्थामा कार्यरत रहेका छन् । उनिहरू चितवनमा तालिमका लागि गएको र शुक्रबार चौतारा फर्किएका थिए । उनीहरू सबै चितवनबाट आएर परिवारसँगै रहेका थिए भने अर्का १ जना शिक्षक मेलम्चीको क्वारेन्टाइनमा रहेका थिए । यो सँगै जिल्लामा कोरोना सङ्क्रमण समुदाय स्तरमा नै फैलिएको अनुमान गरिएको छ । स्थानीयलाई अहिलेको अवस्थामा अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन प्रशासने अनुरोध गरेको छ ।
मा प्रकाशित