मुगुका एक महिलामा भेटियो कोरोना पोजेटिभ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मुगुका एक महिलामा भेटियो कोरोना पोजेटिभ

    मा प्रकाशित

कनिका खबर
भदौ १, मुगु
हिमाली जिल्ला मुगुमा एक युवतिमा कोरोना भाईरस सङ्क्रमण देखिएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नं ८ आम का २६ वर्षीया युवतिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको रातापानी प्राथमिक स्वास्थ्य केन्द्र मुगुले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ४१ जनाको स्वाब पीसीआर परीक्षण गर्न पठाएकोमा उनमा कोरोना सङ्क्रमण देखिएको रातापानी प्राथमिक स्वास्थ्य केन्द्र मुगुका कार्यालय प्रमुख किशोर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमण देखिएपछि ति यूवतिलाई रातापानीमा रहेको आईसालेसन केन्द्रमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको खड्काले बताउनुभयो । ४१ जनामा पीसीआर परीक्षण गर्दा ४० जनमा कोरोना नेगेटिभ अर्थात् आएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्