कनिका खबर
भदौ १, मुगु
हिमाली जिल्ला मुगु पहिलो पटक पूर्ण रुपमा लकडाउन भएको छ । छिमेकी जिल्ला जुम्लामा पनि दिनदिनै कोभिड १९ को सङ्क्रमण बढ्दै गएकोले यसबाट बच्न तथा रोकथामको लागि सदरमुकाम गमगढी बजार पूर्ण रुपमा लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार गत साउन २७ गते बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना रोकथामको लागि भाद्र १ गतेदेखि भदौ १५ गतेसम्म दुई साताका लागि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज पहिलो दिन बिहान १० बजेदेखि सदरमुकाम गमगढी बजार पूर्ण रुपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम गमगढी लगायत जिल्लाका चार वटै स्थानीय तहमा जमघट भेला एक स्थानीय तहदेखि अर्को स्थानीय आवात जावतमा रोक लगाईको छ । हरितालिका तिज नजिकदै गरेकाले तिजमा भेला जम्मा नहुनका साथै स्थानीय चाडपर्व, गोष्ठी, सेमिनार, सभा सम्मेलन लगायतका सम्पूर्ण कार्य बन्द गर्न प्रशासनले पत्रचार गरेको पनि उहाँले बताउनुभयो ।
मा प्रकाशित