एसईईको नतिजामा विद्यालयले मनपरी गरेपछि बोर्डले विवरण खुलाएन – Kanika Khabar
Monday, April 13Nepali News Portal

एसईईको नतिजामा विद्यालयले मनपरी गरेपछि बोर्डले विवरण खुलाएन

    मा प्रकाशित

कनिका खबर
भदौ २, काठमाडौं

यो वर्षको परीक्षाविनै सार्वजनिक गरिएको एसईईको नतिजामा विद्यालयहरुले मनपरी अङ्क पठाएको पाइएको छ । नोबेल कोरोना भाइरसको महामारीका कारण परीक्षा रद्ध गरिएको थियो भने विद्यालयलाई वर्षभरि लिइएका परीक्षाका आधारमा नम्बर पठाउन भनिएको थियो । तर विद्यालयले भने मनपरी मूल्याङ्कन गरी नम्बर पठाइदिएपछि राष्ट्रिय परीक्षा बोर्डले समग्र जिपिए विवरणविना एसइईको नतिजा हिजो सार्वजनिक गरेको छ । चार लाख ७२ हजार ७८ विद्यार्थीमध्ये कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण भए भन्ने विवरण खुलाइएको छैन । २०७६ सालको एसईईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षा आवेदन दिएकोमा चार लाख ७२ हजार ७८ विद्यार्थीको प्राप्ताङ्क बोर्डमा प्राप्त भएको थियो । आन्तरिक मूल्याङ्कन भएको र विद्यालयले प्रमाणीकरण गरेका आधारमा नतिजा सार्वजनिक भएकाले २०७६ सालको परीक्षामा सहभागी विद्यार्थीको पुनर्योग र ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ ।

विविध कारणले विद्यार्थीको नतिजा स्थगित भएमा, नाम, थर र जन्ममितिमा त्रुटि भएमा भने सम्बन्धित विद्यालयको सिफारिससहित ३५ दिनभित्र शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिने व्यवस्था गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्