मा प्रकाशित
कनिका खबर
भदौ २, दाङ ।
सुनको मूल्य फेरि बढेको छ । पछिल्लो पटको वृद्धि भएको मूल्यसँगै सुनको भाउ १ लाख ४ सय पुगेको हो । आज प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ ।