विषालु च्याउ खाँदा प्यूठानमा एकै परिवारका २ जनाको मृत्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

विषालु च्याउ खाँदा प्यूठानमा एकै परिवारका २ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ २, प्यूठान ।
प्यूठानमा विषालु च्याउ खाँदा एकै परिवारका २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर बिरामी परेका छन् । मृत्यु हनेमा नौबहिनी गाउँपालिका–६ ढाखोला निबासी १३ बर्षका सुगम घर्ती र १५ बर्षका सुरेश घर्ती रहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

गएराति जंगलबाट ल्याएको च्याउ पखाएर खाँदा ३३ वर्षका बिष्णु घर्ती, ३० बर्षकी लिला घर्ती र शशी घर्ती गम्भीर बिरामी परेका छन् ।

च्याउ खाए लगत्तै अचेत भएका उनीहरुलाई उपचारका लागि बिजुवार ल्याउँदै गर्दा दुई जनाको बाटो मै मृत्यु भएको र अन्य तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्