सिन्धुपाल्चोकको चौतारामा २५ शैयाको आईसोलेसन कक्ष आजबाट सुचारु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सिन्धुपाल्चोकको चौतारामा २५ शैयाको आईसोलेसन कक्ष आजबाट सुचारु

    मा प्रकाशित

कनिका खबर
भदौ २, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा स्थित जिल्ला समन्वय समितिको भवनमा २५ शैयाको आईसोलेसन आजबाट सुचारु गरिने भएको छ । वाग्मती प्रदेस सामाजिक विकास मन्त्रालयको समन्वयमा २५ शैयाको सुविधा सम्पन्न आईसुलेसन आजैबाट सुरु हुने सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए । जिल्ला सदरमुकाम चौतारामा एक गैह्र सरकारी सस्थाका कर्मचारीमा कोरोना पोजेटिभ देखिएकोमा २ जना कर्मचारीलाई आईसोलेसनमा ल्याउने तयारी समेत भएको छ । कोरोनाको सन्त्रास सुरु भएदेखि आफुहरु तयारी अवस्थामा रहेको र बिचमा जिल्लामा सक्रमित कम देखिएकोमा अब भने भोलि आउन सक्ने अवस्थाको आकलन गर्दै आईसुलेसन वेड सङ्ख्या थप्ने गरी निर्देशन दिएको मन्त्री दुलालले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्