२० देखि ४० बर्षका युवाहरुको उमेर समुहमा कोरोना धेरै फैलिएको विश्वस्वास्थ्य संगठनको भनाइ – Kanika Khabar
Saturday, July 12Nepali News Portal

२० देखि ४० बर्षका युवाहरुको उमेर समुहमा कोरोना धेरै फैलिएको विश्वस्वास्थ्य संगठनको भनाइ

    मा प्रकाशित

कनिका खबर
भदौ २, दाङ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा धेरै फैलाउने उमेर समूह युवाहरुको रहेको बताएको छ । संगठनका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलाउनेमा २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुको भूमिका ठूलो रहेको छ । उनीहरुमध्ये अधिकांशलाई आफू कोरोना सङ्क्रमित रहेको पत्ता समेत नरहेको संगठनको भनाइ छ । विश्व स्वास्थ्य संगठनका वेस्टर्न पेसिफिकका क्षेत्रीय निर्देशक ताकेशी कासाईले कोरोना सङ्क्रमण फैलिने खतरा झन् तीव्र गतिमा बढेको र यसले वृद्धवृद्धा, बिरामी र घना बस्तीमा बसोबास गर्नेका लागि जोखिम बढेको बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्