ठाउँठाउँमा कोरोना सम्बन्धी सचेतना बोर्ड राखे व्यवसायी जोशीले – Kanika Khabar
Sunday, July 19Nepali News Portal

ठाउँठाउँमा कोरोना सम्बन्धी सचेतना बोर्ड राखे व्यवसायी जोशीले

    मा प्रकाशित

कनिका खबर
भदौ ३, दाङ ।


दाङका एक व्यवसायीले सडकका विभिन्न स्थानमा कोरोना सम्बन्धी सचेतना बोर्ड राखेका छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष एवं सप्तरङ्गी डिजिटल कलरल्यावका सञ्चालक बसन्त जोशीले बजारका विभिन्न स्थानमा सचेतना बोर्ड राखेका हुन् ।

चाड्पर्व नजिकिदै गर्दा बजारमा भीडभाड बढ्न लागेको र व्यवसायी तथा सेवाग्राहीले सावधानीमा अपनाएर सञ्चालन गर्नु पर्ने साथै ग्राहकलाई सामाजिक दुरी कायम राखी किनमेल गर्न अनुरोध गरिएको सचेतना बोर्ड घोराही बजार तथा आसपासका बजारमा राखेका हुन ।

व्यवसायी जोशीले बजार र गाउँहरुमा गरी १ सय ३० थान सचेतना बोर्ड राखेको जनाएका छन् । ‘लकडाउन खुकुलो भएको मात्र हो कोरोना सकिएको होईन, त्यसैले भिडभाड नगरौ, भौतिक दुरी कायम गरौ, नगद कारोबार गर्दा संक्रमण सर्ने सम्भावना बढी हुने भएकोले पन्जाको प्रयोग गरौ, सेनिटाइजर प्रयोग गरौ र समय समयमा साबुन पानीले मिचिमिची हात धोऔ, सावधानी अपनाई निश्चित दुरी राखेर व्यापार व्यावसाय सञ्चालन गरौ, कुनै समस्या देखिएमा तुरुन्त स्वास्थ संस्थामा तुरुन्त जाआँै लगायतका सचेतनाका अभिव्यक्ति लेखिएका सचेतना बोर्ड राखिएको जोशीले जानकारी दिएका छन् ।

देशका विभिन्न ठाउँमा समुदायमा नै कोरोना महामारी फैलिन लागेको र विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा भै रहेको र झन तीब्र रुपमा कोरोना महामारी फैलन सक्ने भएकोले सबैलाई सचेत हुन पनि जोशीले आग्रह गरेका छन् । उनले यसअघि पनि विभिन्न स्थानमा सचेतना बोर्ड राखेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्