कैलाश खोलाले बगाएका मध्ये ६ जनाको शव फेला – Kanika Khabar
Friday, March 29Nepali News Portal

कैलाश खोलाले बगाएका मध्ये ६ जनाको शव फेला

    मा प्रकाशित

कनिका खबर
भदौ ३, अछाम
अछामको रामारोशन गाउँपालिकाको कैलाश खोलाले बगाएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । हिजो राति परेको अबिरल बर्षाले गर्दा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ६ जनाको शव कैलाशको विभिन्न स्थानमा भेटिएको हो । ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देबेन्द्र थापाले जानकारी दिनुभयो । २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको छ । जनप्रतिनीधि, प्रहरी प्रशासन र स्थानीय उद्धारकर्मीको टोली सैनिबजारमा उद्धारका लागि गइसकेको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकरबहादुर साउदले बताउनुभयो । जिल्लाबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले चाडै उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्