कालिकोटको नरहरीनाथमा पहिरो जाँदा चार जना बेपत्ता – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कालिकोटको नरहरीनाथमा पहिरो जाँदा चार जना बेपत्ता

    मा प्रकाशित

कनिका खबर
भदौ ३, कालिकोट
गए राति कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ५ मा पर्ने चाउथे गाउँमा पहिरो जादा चार जना बेपत्ता भएका छन । चाउथे गाउँमा पहिरो जादा १२ घरमा क्षति पुगेको छ । दुइ घर पुर्णरुपमा क्षती ग्रस्त भएका छन् । पहिरोले घर बगाउदा दर्जनौ पशु चौपाया समेत मरेको र ठुलो धनमालको क्षति भएको नरहरीनाथ गाउँपालिका ५ का अध्यक्ष गगन फडेराले पुष्टी गर्नुभएको छ । नरहरीनाथ ५ रुप्साबाट रामारोशन जाने बाटोमा रहेको गाउँमा पहिरो जाँदा चार जना बेपत्ता भएको गगन फडेराले जानकारी दिनु भयो ।

बेपत्ता हुनेमा ६० वर्षका चन्द्र सहकारी उहाँका बुहारी पम्फा सहकारी, झिमु सहरकारी र उहाँका सात वर्षका छोरा रमित सहकारी बेपत्ता भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्