प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्तिमा काँग्रेसको असन्तुष्टि – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्तिमा काँग्रेसको असन्तुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ ३, काठमाडौं
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्तिमा असन्तुष्टि जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नजिकको व्यक्तिलाई नियुक्त गरेकोबाट सरकार नियन्त्रित प्रेसको बाटोमा श्रृंखलाबद्ध ढंगले अगाडि बढिरहेको भन्ने पुष्टि भएको बताउनुभएको हो । संचार तथा सूचना प्रविधि मन्त्रालयले हिजो दुर्गा भण्डारीलाई काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । एकदिन पछि बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । भण्डारीलाई कार्यवाहक अध्यक्ष दिनका लागि काउन्सिलको नियमावली नै संशोधन गरिएको थियो । काउन्सिलका सदस्यले वरिष्ठ सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने नियमावलीको व्यवस्थालाई संशोधन गरेर मन्त्रिपरिषद्ले कार्यवाहक अध्यक्ष तोक्ने व्यवस्था राखिएको थियो ।

कांग्रेसले कुन व्यक्तिलाई काउन्सिलमा ल्याइयो वा कसलाई हटाइयो भनेर नभई विधिमा आफ्नो विरोध रहेको शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ । भण्डारीको नियुक्तिलाई नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने नेकपा सरकारको पछिल्लो उदाहरण भएको काँग्रेसको ठहर छ । सरकारले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्