राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित नौ जना पक्राउ – Kanika Khabar
Thursday, September 28Nepali News Portal

राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित नौ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ ३, काठमाडौं
म्युजिक भिडियो बनाउन नेपालको राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङ सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत उक्त म्युजिक भिडियो बनाउने ग्याल्जोमसहित हालसम्म नौ जनालाई पक्राउ गरिएको जानकारी गराएको हो । युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’ बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई ग्याल्जोम दोर्जे तामाङ ‘मंगोल ग्याल्जी’ले गाएका छन् । मंगोल हप नामको युट्युब च्यानलबाट अस्ति सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन् ।

भिडियोमा ढाका टोपी र झन्डाको अपव्याख्या गरिएको छ । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिरसमेत जलाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्