त्रिशूली अस्पतालमा भेन्टिलेटर – Kanika Khabar
Thursday, April 25Nepali News Portal

त्रिशूली अस्पतालमा भेन्टिलेटर

    मा प्रकाशित

कनिका खबर
भदौ ४, नुवाकोट,
नुवाकोट जिल्ला अस्पताल त्रिशूलीका लागि एक थान भेन्लिेटर प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको एकथान भेन्टिलेटर अस्पतालमा आइपुगेको छ । बागमती प्रदेश सभाका सदस्य तथा नेकपा मुख्य सचेतक केशवराज पाण्डेले त्रिशूली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रेमकुमार राइलाई हस्तान्तरण गर्नुभयो ।

नुवाकोटसहित धादिङ र रसुवाका सर्वसाधारणले उपचार सेवा लिने नुवाकोट जिल्ला अस्पतालमा यसअघि पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भेन्टिलेटरसहितको एनेस्थेसिया मेसिन जिल्ला अस्पताल त्रिशूलीलाई उपलव्ध गराउनुभएको छ । अस्पतालका लागि मन्त्रालयले उपलब्ध गराएको भेन्टिलेटर मेसिन तत्काल प्रयोगमा आउने राईले बताउनुभयो । तीन जिल्लाका नागरिकले उपचार लिने त्रिशूली अस्पतालमा भेन्टिलेटर उपलब्ध गराउने निर्णय गरेर स्वास्थ्य मन्त्रालयले निकै महत्वपूर्ण काम गरेको भन्दै समाजका महासचिव अनुजकुमार श्रेष्ठले समाजले अब अत्याधुनिक ल्याब र रक्तसञ्चार केन्द्र स्थापनाका लागि काम गर्ने बताए । अस्पतालमा एक थान पिसिआर मेशिनसमेत ल्याउन पहल भइरहेको अस्पतालले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्