काठमाण्डौ उपत्यकामा मात्र थप २०० जनामा कोरोना सङक्रमण पुष्टि – Kanika Khabar
Friday, January 17Nepali News Portal

काठमाण्डौ उपत्यकामा मात्र थप २०० जनामा कोरोना सङक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ ४, काठमाडौं
गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप दुइ सय जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा एक सय ७४ जना रहेका छन् भने ललितपुरमा १८ र भक्तपुरमा आठ जना रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित जानकारीका क्रममा गत २४ घण्टामा देशभर भने सात सय सात जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै देशभर सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर दुइ सय ४६ जना छन् भने देशभर निको हुनेको सङ्ख्या १७ हजार नौ सय ६४ पुगेको छ । हाल देशभर ११ हजार पाँच सय ५५ सक्रिय सङ्क्रमित रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्