ओलीको कार्यशैलीप्रति प्रचण्डको फेरी पनि आपत्ति – Kanika Khabar
Thursday, March 28Nepali News Portal

ओलीको कार्यशैलीप्रति प्रचण्डको फेरी पनि आपत्ति

    मा प्रकाशित

कनिका खबर
भदौ ४, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एमव् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि असन्तुष्टि जनाउनुभएको छ । उत्कर्षमा पुगेको नेकपा विवाद समाधानतर्फ उन्मुख भइरहेका बेला ओली सहमति विपरीत अघि बढेपछि दाहालले आफ्नो प्रतिवद्धतामा टिक्न आग्रह गर्नुभएको छ । आज बिहान बालुवाटारमा भएको दुई अध्यक्षको भेटमा दाहालले सरकार र पार्टीका सबै काम सल्लाहमा गर्ने सहमति भएको र त्यसैको जगमा कार्यदलले काम गरिरहेको अवस्थामा राज्यका विभिन्न निकायमा गरिएको नियुक्ति खारेज गर्न आग्रह गर्नुभएको छ । सहमतिमै सरकार र पार्टीका काम गर्ने प्रतिवद्धता व्यक्त भएको अवस्थामा त्यसलाई ओलीले तोड्नुभएकाले सहमति विपरीत भएका नियुक्ति खारेज गर्नुपर्ने प्रचण्डले बताएको उहाँ निकटका नेताले बताएका छन् । जवाफमा ओलीले पूर्व निर्धारित भइसकेका विषयलाई मात्रै मन्त्रीपरिषदबाट निर्णय गरेको बताउनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा राजनीतिक नियुक्ति गर्ने निर्णय गरेको थियो । सरकारले प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारी, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डा. देवराज रोक्का र समाज कल्याण परिषदको कोषाध्यक्षमा लोकमान सुवेदीलाई नियुक्त गरेको थियो । भण्डारी नियुक्ति भने सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । त्यस्तै सरकारले राजश्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल र सदस्यमा पूर्व सह–सचिव निर्मलहरि अधिकारीलाई नियुक्त गरेको थियो । यसरी नियुक्ति पाउना सबै ओली निकट हुन् । त्यसै दिन सरकारले सहसचिव गेहेन्द्र राजभण्डारीलाई युरोपियन युनियन (इयू) हेर्ने गरी बेल्जियम, तापस अधिकारीलाई पाकिस्तान र रामकाजी खड्कालाई जर्मनीका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । पार्टीभित्र देखिएको विवाद समाधानका लागि साउन ३० गते दुई अध्यक्षले गठन गरेर सचिवालयले अनुमोदन गरेको ६ सदस्यीय कार्यदलले काम अन्तिम चरणमा पु¥याएको छ । ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने, प्रचण्डलाई दिइएको कार्यकारी अध्यक्षको अधिकार थप व्यवस्थित र व्याख्या गर्ने, सरकारका सबै निर्णय पार्टीको सहमितमा हुने, चैतमा तोकिएको महाधिवेशन सुनिश्चित हुने गरी तत्काल काम अघि बढाउने लगायका विषय समेटेर कार्यदलले प्रारम्भिक प्रतिवेदन दुवै अध्यक्षलाई बुझाएको छ । तर सहमितबाटै सरकारका निर्णय हुने सहमति विपरीत ओलीले निर्णय गरेपछि दाहालले आपत्ति जनाउनुभएको हो । बनेको सहमतिले ठोस आकार ग्रहण नगर्दै ओलीले अवज्ञा गरेपछि दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ शशंकित बनेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्