मल आयातमा ढिलाईबारे छानविन गरी दोषीमाथि कारवाही गर्न काँग्रेसको माग – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

मल आयातमा ढिलाईबारे छानविन गरी दोषीमाथि कारवाही गर्न काँग्रेसको माग

    मा प्रकाशित

कनिका खबर
भदौ ४, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धान रोपाई सकिएको लामो समय वितिसक्दा पनि सरकारले कृषकलाई मल उपलब्ध गराउन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेसद्वारा गठिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समिति संयोजक पदम नारायण चौधरीले आज एक विज्ञप्ति जारी गर्दै समयमै युरिया, डिएपी लगायतका मल उपलब्ध गराउनु नसक्नुले वर्तमान सरकार कृषि र कृषकप्रति उदासिन रहेको प्रष्ट भएको बताउनुभएको छ । गरिब किसानले दुःखकष्टका साथ लगाएको धानबालीनाली पहेलिएको अवस्थामा समयमै मल नहाल्दा बाली विग्रीने, उत्पादनमा ह्रास आउने र भविष्यमा भोकमरी सृजना हुने अवस्थालाई ध्यानमा राखि सम्बन्धित सबै निकाय गम्भीर हुन जरुरी रहेको चौधरीको भनाइ छ । कृषकको पीडावोध गरी तत्काल निकासको बाटो खोजी सहज तथा सुलभका साथ मल उपलब्ध गराउन काँग्रेसले सरकारसँग माग गरेको छ । त्यसै गरी हिउँदे वालीको लागि कृषकलाई आवश्यक पर्ने मलको अभाव हुन नदिन पूर्व तयारी गर्न र गम्भीर हुन काँग्रेसले सचेत गराएको छ । काँग्रेसले मल आयातमा भइरहेको ढिलाई तथा अनियमितताको समेत छानविन गरी दोषीमाथि कानूनी कारवाहीको माग गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्