चार महिनादेखि कोरोना सङ्क्रमितको मृत्यु नभएको चीनको दावी – Kanika Khabar
Sunday, July 19Nepali News Portal

चार महिनादेखि कोरोना सङ्क्रमितको मृत्यु नभएको चीनको दावी

    मा प्रकाशित

कनिका खबर
भदौ ४, दाङ
चीनमा करिब चार महिनादेखि अस्पताल भर्ना भएका कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु नभएको चीनले दावी गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका वरिष्ठ अधिकृत गुओ यान्होङले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि चिनियाँ रणनीति प्रभावकारी भएको दाबी गर्नुभएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकअनुसार अन्तिम पटक कोरोनाबाट चीनमा अप्रिल १५ मा हुबेईमा एक जनाको मृत्यु भएको थियो । हिजो मात्र चीनमा २२ वटा आयातित संक्रमण फेला परेको छ भने एउटा स्थानीय सङक्रमित भेटिएाक छन् । चीनमा आज बिहानसम्म कोरोना भाइसबाट संक्रमित हुनेको संख्या ८९ हजार पाँच सय २७ पुगेको छ ।

अहिलेसम्म चीनमा कोरोनाबाट चार हजार सात सय ६ जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएकामध्ये चीनमा ८३ हजार पाँच सय ६९ जना निको भएका छन् । चीनमा अहिले सक्रिय संक्रमितको संख्या करिब एक हजार दुइ सय मात्रै रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्