कनिका खबर
भदौ ५, दाङ ।
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तीजको अवसरमा शुभकामना सन्देश व्यक्त गरेको छन् । शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोख्रेलले तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले पारिवारिक रुपमा मात्रै मनाउन आग्रह गरेका छन् ।
हरितालिकाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कोभिड—१९ को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको पूर्णतः पालना गरेर अघि बढ्न आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको तीज विगतमा झैँ भव्य ढङ्गले मनाउन सकिने बताए ।