हाम्रो पहुँच रेडियोकोे ११ औँ वर्षमा प्रवेश – Kanika Khabar
Thursday, April 25Nepali News Portal

हाम्रो पहुँच रेडियोकोे ११ औँ वर्षमा प्रवेश

    मा प्रकाशित

जीतसागर जी.एम.
भदौ ५, दाङ ।
दाङको तुलसीपुरमा रहेको रेडियो हाम्रो पहुँच ८९ मेगाहर्ज आजदेखि ११ औँ वर्षमा प्रवेश गरेको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जले आजदेखि ११ औँ वर्षमा प्रवेश गरेको हो ।२०६७ साल भदौ ५ गते स्थापना भएको रेडियोले आजबाट एक दशक पुरा गरेको छ ।
रेडियोले ११ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र रेडियाका स्टेशन म्यानेजर वसन्त पौडेलले सम्पूर्ण स्रोता, विज्ञापनदाता, सहकर्मी मिडियाकर्मी, संस्थाका सम्पूर्ण पदाधिकारी, शेयर सदस्य, कर्मचारी लगायत सबैमा हार्दिक आभार प्रकट गरेका छन् । रेडियो संचालन तथा सफलतामा सबैको साथ रहेको भन्दै आगामी दिनमा यस्तै साथ र सहयोगको अपेक्षा गरिएको छ ।
जनजनको आवाज ,मनमनको आवाज, गणतान्त्रिक नेपालको समावेशी आवाज भन्ने नारासहित रेडियो हाम्रो पहुँच ८९ मेगाहर्ज स्थापना गरेको हो । सहकारीका माध्यमबाट संचालित रेडियो हाम्रोपहुँच ८९ मेगाहर्ज नाफामूलक भन्दा पनि सेवामूलक भावका साथ संचालनमा आएको हो । रेडियोले नेताका भाषण भन्दा पनि नागरिकलाई चाहिने रासनका कुरालाई विशेष महत्व दिएको छ । रेडियोले आगामी दिनमा थप नयाँ विषयवस्तु र सोचका साथ अघि बढेको स्टेशन म्यानेजर पौडेलले बताए । यसवर्ष कोरोना महामारीका कारण रेडियोले ११ औँ वर्ष प्रवेशको अवसरमा कुनै औपचारिक कार्यक्रम नगरेको उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्