चितवनमा एक साता निषेधाज्ञा थपियो – Kanika Khabar
Saturday, June 14Nepali News Portal

चितवनमा एक साता निषेधाज्ञा थपियो

    मा प्रकाशित

कनिका खबर
भदौ ५, चितवन ।
चितवनमा एक साता निषेधाज्ञा थप गरिएको छ । आज शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।

यसअघि ६ वटा मात्रै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकामा यसपटक भने सबै सातबटै स्थानीय तहमा निषेधाज्ञा लागू हुने बताइएको छ ।
यसअघि साउन ३२ गतेबाट जिल्लाका माडी नगरपालिकाबाहकेकका स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको थियो। सुरक्षा समितिको बैठकले अत्यावश्यक सामान किन्न साँझ र विहानको समयमा खुल्ला गरिएको बेला सवारी साधनको प्रयोग गरी लामो दूरीको यात्रा गर्ने र घुमफिर गर्ने पाइएको भन्दै त्यसमा कडाइ गर्ने निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्