यसपालि खुम्चियो तीजको रौनक : सार्वजनिक स्थलहरु सुनसान, घरघरमा नाचगान – Kanika Khabar
Sunday, October 13Nepali News Portal

यसपालि खुम्चियो तीजको रौनक : सार्वजनिक स्थलहरु सुनसान, घरघरमा नाचगान

    मा प्रकाशित

कनिका खबर
भदौ ५, दाङ ।


यसपालिको तीजको रौनक खुम्चिएको छ । न त कतै मादलको आवाज न त मुरलीको मनमोहक धुन । तीजमा बढ्ने भीड यसपालि शून्य प्रायः छ । चोकचोक र गल्ली गल्लीमा हुने जमघट र नाचगान यसपालि हराएको छ ।


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को जोखिमबाट बच्नका लागि कुनै न कुनै रुपमा देशका प्रायः स्थान बन्दाबन्दीमै छन् । कतै लकडाउन, कतै निषेधाज्ञा त कतै सिलको घोषणा गरिएको छ । यही महामारीको बिचको महिलाहरुको महान पर्व हरितालिका तीजलाई आज हिन्दु महिलाहरुले विभिन्न पूजाआजाका साथ मनाइरहेका छन् ।


विगतमा जस्तो सार्वजनिक स्थल, मठ मन्दिर तथा चौतारीमा भेला भएर नाचगान भने यसपालि भएन । घरमा भेला भएका चेलीबेटीहरु एकआपसमा नाचगान गरेर तीजको रौनकलाई बढाउने प्रयास गरेका छन् । घरमै नाचगान गरेर भए पनि विगतको रमाइलो अनुभूति गर्ने काम भएको छ ।


यसपालिको तीजमा नजिकका चेलीबेटीहरु भेला भए पनि टाढाका चेलीबेटीहरु माइतीमा पनि आउन सकेका छैनन् । यद्यपि सहरको तुलनामा गाउँमा भने रौनक केही मात्रामा पाइन्छ । गाउँमा भने थोरै संख्यामा भेला भएर भए पनि नाचगानको गरी तीजको रौनक दिलाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्