आज कहाँकहाँ कति थपिए कोरोना सङ्क्रमित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आज कहाँकहाँ कति थपिए कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
भदौ ५, दाङ ।

आज नेपालमा थप ८ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका ४ जना, उदयपुरका २ जना, झापाका ७ जना, ताप्लेजुङका एकजना, पाँचथरका एकजना, मोरङका ४५ जना र सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको छ ।

गौतमका अनुसार प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३ जना, पर्साका ८० जना, बाराका ४० जना, रौतहटका ११ जना, सप्तरीका ५ जना, सर्लाहीका २४ जना र सिराहाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १४२ जना, चितवनका २३ जना, दोलखाका एकजना, धादिङका एकजना, नुवाकोटका २ जना, भक्तपुरका १५ जना, मकवानपुरका ३२ जना, रसुवाका एजकना, ललितपुरका २५ जना र सिन्धुलीका ८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका एकजना, नवलपरासी पूर्वका १९, पर्वतका एकजना, मनाङका २ जना, बाग्लुङका ३ जना, स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाचीका एकजना, कपिलवस्तुका २ जना, गुल्मीका एकजना, दाङका ४ जना, पाल्पाका एकजना, प्युठानका ६ जना, बर्दियाका ६ जना, बाँकेका २० जना, रुपन्देहीका १७ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका एकजना, जुम्लाका ५३ जना, दैलेखका एकजना,रुकुमपश्चिमका ३ जना रहेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ३८ जना, कंचनपुरका १४ जना, कैलालीका ८५ जना, डडेल्धुरका २ जना, डोटीका ३४ र बैतडीका ३ जनामा कोरोना पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्