कपिलवस्तुमा कार्यरत प्रहरीमा कोरोनाको जोखिम – Kanika Khabar
Thursday, February 13Nepali News Portal

कपिलवस्तुमा कार्यरत प्रहरीमा कोरोनाको जोखिम

    मा प्रकाशित

माधव बेल्बासे
भदौ ५, कपिलबस्तु ।
कपिलवस्तुमा कार्यरत प्रहरीमा कोरोनाको जोखिम बढेको छ । जिल्लाको विभिन्न क्षेत्रमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण देखिन थालेपछि जोखिम बढेको हो । कपिलवस्तुमा अहिले सम्म ३६ जना प्रहरीमा कोरोना संङ्क्रमण देखिएको छ । जसमध्ये ६ जना निको भएका छन् भने ३० जना विभिन्न आइसोलेसनमा उपचारत रहेका छन् । जिल्लामा समुदाय स्तरमा फौलिएको कोरोनाले पछिल्लो समय नियमित काममा रहेका प्रहरीमा देखिन लागेको हो । बन्दाबन्दीको समयमा अनुगमन गर्ने तथा सीमा क्षेत्रको सुरक्षामा खटिएको प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ ।
सीमा क्षेत्र कृष्णनगरमा एक जना प्रहरी नायव निरिक्षक, तीन जना हवल्दार र आठ जना जवान गरी १२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै शिवराज नगरपालिका वडा नौ शिवगढीमा रहेको ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा कार्यरत एक जना जवानमा कोरोना संङ्क्रमण देखिएको छ । मायादेवि गाउँपालिकाको पकडी प्रहरी चौकीमा कार्यरत एक जना हवल्दार र दुई जना जवान गरी तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
जिल्ला ट्राफिक कार्यालय गोरुसिगेमा कार्यरत एक प्रहरी नायव निरिक्षकमा कोरोना पुष्टि भएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय तौलिहवामा कार्यरत एक जना प्रहरी नायव निरिक्षक, एक जना सहायक निरिक्षक, तीन जना हवल्दार, दुइ जना कार्यालय सहयोगी र १२ जना जवानमा कोरोना सङक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताउनुभयो । अहिले जिल्लामा कुल संङ्क्रमितको सख्या एक हजार ६ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्