कोरोना भाइरस नियन्त्रण र सङ्क्रमितको उपचारमा झण्डै १२ अर्व खर्च (विवरणसहित) – Kanika Khabar
Friday, October 7Nepali News Portal

कोरोना भाइरस नियन्त्रण र सङ्क्रमितको उपचारमा झण्डै १२ अर्व खर्च (विवरणसहित)

    मा प्रकाशित

कनिका खबर
भदौ ६, दाङ ।
अहिलेसम्म सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि झण्डै १२ अर्ब रकम खर्च जनाएको छ ।

मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णयलाई हिजो शुक्रबार सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै गत साउन मसान्तसम्म तीनै तहबाट रु ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको जानकारी दिएका हुन् ।

प्रवक्ता खतिवडाका अनुसार औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारअन्टिन र अन्य शीर्षकमा रु ४ अर्ब ८१ करोड नौ लाख ९८ हजार खर्च भएको छ ।

संघीय संचित कोषबाट विभिन्न मन्त्रालयबाट हालसम्म रु ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारका तर्फबाट रु एक अर्ब ४९ करोड ७० लाख ४५ हजार र स्थानीय तहबाट रु एक अर्ब ३५ करोड २० लाख ५९ हजार स्रोत व्यवस्थापन भएको छ ।

केन्द्र सरकारको कोरोना रोकथाम र उपचार कोषमा हालसम्म रु २ अर्ब ७५ करोड जम्मा भएको पनि अर्थमन्त्री डा खतिवडाले जानकारी दिए ।

तीनवटै तहबाट भएको खर्चको विवरण

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्