एक बुँद शुरा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

एक बुँद शुरा

    मा प्रकाशित

एक बुँद शुरा
सिरपमा घोलिएर
संजिवनी बुटीको रूपमा
उपचारात्मक प्रभाव प्रदान गर्छ
के यो अमृत जल हो
जसले अमरत्व दिन्छरु
एक बुँद शुरा
अँध्यारो झुपडीमा झुन्डिएको
लालटिनको वातीसँगै जलेर
अन्धकारलाई चिर्दै रोशनीमय हुन्छ
के यो दिव्य ज्ञान होरु
एक बुँद शुरा
दुःखद क्षणहरूमा
सुखदायक बामको रूपमा
जलेको आत्मालाई सान्त्वना दिन्छ
वैरागी मनलाई वहलाउने
के यो सुमधुर सारंगी होरु
एक बुँद शुरा
अतृप्त तन र मनहरुको
मधुमासको उत्सवहरुमा
वर्षाईदिन्छ परमानन्दको तान्डव
के यो डियोनिसस कामदेव होरु
एक बुँद शुरा
अन्ततः कलेजी काटेर
मन्द विष सरी
जिवनलाई घाटमा उतारिदिन्छ
के यो शैतानी विष होरु
मानवताको निम्ति अभिशापरु

*********

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्