तत्काल दश हजार थान भेन्टिलेटरको व्यवस्था गर्न सरकारलाई निर्देशन – Kanika Khabar
Sunday, April 27Nepali News Portal

तत्काल दश हजार थान भेन्टिलेटरको व्यवस्था गर्न सरकारलाई निर्देशन

    मा प्रकाशित

कनिका खबर
भदौ ६, काठमाडौँ ।
प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिले सरकारलाई तत्काल १० हजार थान भेन्टिलेटरको व्यवस्था गर्न निर्देशन दिएको छ । देशका ७७ वटै जिल्ला सदरमुकाममा कोभिड–१९ को पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारलाई समितिले निर्देशन दिएको हो । समितिको भर्चुअल बैठकले कन्ट्याक्ट ट्रेसिङ बढाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिले स्वास्थ्य मन्त्रालयका निमित्त सचिव रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह र रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डेसँग छलफल गरेको थियो । समितिका सभापति कृष्णभक्त पोखरेललेदश हजार थान भेन्टिलेटर र आईसियू व्यवस्था गर्नसाथै समितिले भेन्टिलेटर सञ्चालन गर्न सक्ने जनशक्ति समेत तत्कालै भर्ना गर्न निर्देशन दिइएको बताए । उनले सम्भव नभए एउटै अस्पतालबाट सेवा सञ्चालन गर्दा आवश्यक सावधानी र उचित सतर्कताको प्रबन्ध मिलाउन पनि सरकारलाई निर्देशन दिइएको जानकारी दिए ।
यस्तै समितिले कोभिड–१९ को व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन र बीमाको व्यवस्था गर्न समेत सुझाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्